उदयपुरमा कोरोना संक्रमणको आशंकामा बिहीबार ७८ जनाको स्वाब संकलन

<span class='c1'>उदयपुरमा कोरोना संक्रमणको आशंकामा बिहीबार</span> <span class='c2'>७८ जनाको स्वाब संकलन</span>

उदयपुर, वैशाख १२ । उदयपुरमा कोरोना संक्रमणको आशंकामा बिहीबार ७८ जनाको स्वाब संकलन गरिएको छ ।

चौदण्डीगढी नगरपालिकास्थित शिवाइ मस्जिद र त्रियुगा नगरपालिका–२ स्थित मोथिहाइ मस्जिद आसपासका मुस्लिम समुदायको स्वाब संकलन गरिएको हो ।

जनस्वास्थ्य प्रयोगशाला प्रदेश नम्बर–१ को टोलीले ‘पीसीआर टेस्ट’का लागि नमुना स्वाब संकलन गरेको हो ।

कोरोना संक्रमण भएका छजना भारतीय चार दिन शिवाइ मस्जिदमा बसेको पाइएकाले ५८ जनाको स्वाब संकलन गरिएको हो ।

त्यस्तै, उनीहरु त्रियुगा नगरपालिका–२ को मोथिहाइ मस्जिदमा समेत एक दिन बसेकाले मस्जिदनिकट बस्तीका २० जनाको स्वाब संकलन गरिएको हो ।

संकलित नमुनाको रिपोर्ट शनिबारसम्ममा आउने स्वास्थ्य टोलीले जनाएको छ ।

उदयपुरमा ३१ जनामा कोरोना ‘पोजिटिभ’ देखिएको छ भने सबैको विराटनगरस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्