नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आज सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने

<span class='c1'>नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आज</span> <span class='c2'>सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने</span>

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारद्वारा जारी राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै आज देशभर प्रदर्शन गर्ने भएको छ ।

विहीबार नेविसंघका अध्यक्ष राजीव ढुंगानले एक विज्ञिप्त जारी गरि अध्यादेश फिर्ता लिन माग गर्दै देशभर विरोध प्रदर्शन गर्ने लागिएको जनाकारी दिए । अध्यादेशविरुद्ध आज विहान ९ बजे ७७ वटै जिल्लाका प्रमुख स्थानमा संकेतिक विरोध प्रदर्शनका लागि उनले आह्वन गरे ।

अध्यक्ष ढंगानाले सबै ठाउँमा ५ जना मात्र जम्मा भएर समाजिक दुरी कायम राख्दै लडाउनको नियम पालना गरी १० मिनेट प्याले कार्ड तथा कालो झण्डा बोेकेर मर्यादित र अनुशासित रुपमा कार्यक्रम सम्पन्न आग्रह पनि गरेका छन् ।

विपत्तीको क्षणलाई पनि केपी ओली सरकारले आफू निरंकुशतर्फ अग्रसर हुन उपयोग गर्नु आपत्तिजनक भएको नेविसंघको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्