बंगालको खाडी जलवाष्पयुक्त हावा नेपाल भित्रिएको कारण चट्याङसहित वर्षाको सम्भावना

<span class='c1'>बंगालको खाडी जलवाष्पयुक्त हावा नेपाल भित्रिएको</span> <span class='c2'>कारण चट्याङसहित वर्षाको सम्भावना</span>

मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीबाट  जलवाष्पयुक्त हावा नेपाल भित्रिएको जनाएको छ ।

शुक्रबार महाशाखाले मौसमको पूर्वानुमान गर्दै देशमा पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव परेको जनाएको हो ।

यसैगरी, महाशाखाले हाल देशभर आंशिक बदली रहेको जनाएको छ ।

त्यस्तै, आज दिउँसो देशका मध्य र पूर्वी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ।

मध्य र पूर्वी भू–भागका धेरै स्थानहरुमा र पश्चिमी भू–भागका थोरै स्थानहरूमा  मेघगर्जन, चट्याङ्ग, असिना  र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

त्यस्तै, राति देशभर आंशिक देखि सामान्य  बदली  रहि  मध्य र पूर्वी भू–भागका थोरै स्थानमा  र पश्चिमि भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्