विवेक राई
भोजपुर । भोजपुरको दक्षिणी हतुवागढी गाउपालिकाका २६ वर्षीय कोरोना संक्रमित युवालाई कोशी अञ्चल अस्पताल लैजानका लागि सदरमुकामबाट एम्वुलेन्स पठाइएको छ ।
संक्रमित युवालाई थप उपचारका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरको एम्वुलेन्स पठाइएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिनुभएको हो ।
संक्रमित युवालाई उदयपुरसँगको सिमाना बेलका नगरपालिकासम्म नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरको एम्वुलेन्समा पर्याइने र त्यहाँबाट दुधकोशी नदी पारीबाट सामाजिक विकास मन्त्रलयको पहलमा कोशी अस्पताल पु¥याइने बताइएको छ ।
संक्रमित युवाको गाउँपालिकास्थित स्थानीय घोरेटार स्वास्थ्य संस्थामा गत ९ गते आरडीटी रिपोर्ट पोजेटिभ आएपछि थप पीसीआर टेष्टका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठायएको थियो । जहाँ उनको पीसीआर टेष्टमा पनि कोरोना पोजिटिभ देखिएको थियो ।
गाउपालिका अध्यक्ष प्रेम राईका अनुसार ती सामुहिकरुपमा भलिबल खेल्ने, एक गाउँबाट अर्को गाउँ जाने गरेकाले थप अरुको समेत परीक्षण गर्नुपर्ने भएपनि परीक्षणका लागि ¥यापिट किट अभाव भएकाले संक्रमित युवासँग घुलमिल गरेका अन्य व्यक्तिहरुको परीक्षणमा समस्या आएको छ ।
योसँगै हतुवागढी गाउँपालिका लगायत यस गाउँपालिकासँग सिमाना जोडिएका आमचोक गाउँपालिका, रामप्रसाद राई गाउँपालिका र पौवादुङमा गाउँपालिकाले नाका शिल गरेको छ ।