क्षेत्र वर्गीकरण गरी आंशिक र पूर्ण लकडाउन गर्न सुझाव

<span class='c1'>क्षेत्र वर्गीकरण गरी आंशिक र</span> <span class='c2'>पूर्ण लकडाउन गर्न सुझाव</span>

सविता शर्मा

काठमाडौं, वैशाख १३ गते । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाअन्तर्गतका समितिले कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि प्रभावकारी रूपमा काम गर्न सरकारलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय सभाअन्तर्गतका विधायन व्यवस्थापन, दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति गरी तीनवटा समितिको शुक्रबार बैठक बस्यो । नेपाल सरकारले बन्दाबन्दी (लकडाउन) गरेदेखि पहिलो पटक भौतिक रूपमा समितिका बैठक बसेका हुन् । यसअघि अनौपचारिक रूपमा भर्चुअल बैठक बसे पनि शुक्रबार भने औपचारिक रूपमै समितिका बैठक बसेका हुन् ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सरकारलाई कोरोना सङ्क्रमित क्षेत्र, सङ्क्रमण जोखिमपूर्ण क्षेत्र, सङ्क्रमण नरहेको क्षेत्र वर्गीकरण गरी आंशिक र पूर्ण लकडाउन गर्न सुझाव दिएको छ । बैठकले शहरी क्षेत्र, ग्रामीण क्षेत्र, साना ठूला उद्योग सञ्चालित क्षेत्रसमेतको स्थान वर्गीकरण गरी आंशिक तथा पूर्ण लकडाउन गर्ने गरी छनोट नीति अवलम्बन गर्नसमेत सुझाव दिएको हो ।

कृषि बाली लगाउने, बाली उठाउने, तरकारी लगायत कृषि उत्पादनहरू कृषकबाट सङ्कलन, ढुवानी, वितरणको व्यवस्थापन प्रणाली सहज र प्रभावकारी बनाउन सरकार स्वयं वा निजी तथा सरकारी क्षेत्रबाट प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने सुझाव पनि दिएको छ । यसैगरी दिगो विकास तथा सुशासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोरोना महामारी कम हुने आवश्यक स्वास्थ्य सामग्री सबै ठाउँमा सहज रूपमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्