सङ्खुवासभाबाट निर्वाचित सांसद गौतमद्वारा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग

<span class='c1'>सङ्खुवासभाबाट निर्वाचित सांसद गौतमद्वारा स्वास्थ्यकर्मीका</span> <span class='c2'>लागि स्वास्थ्य सामग्री सहयोग</span>

विराटनगर, बैशाख १३,

नेकपाका प्रतिनिधिसभा सांसद राजेन्द्र गौतमले सङ्खुवासभामा कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

सङ्खुवासभाबाट निर्वाचित सांसद गौतमले जिल्लाका १० वटै स्थानीय तह र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

कोरोना भाइरस नियन्त्रणका लागि जिल्ला अस्पताल खाँदबारी, स्वास्थ्य कार्यालय र स्थानीय तहलाई पिपिई सेट, स्यानिटाइजर र पञ्जालगायतका स्वास्थ्य सामग्री व्यक्तिगत खर्चमा आफूले स्वास्थ्य सामग्री उपलब्ध गराएको सांसद गौतमले बताए ।

सांसद गौतमले सात हजार सर्जिकल माक्स, ६० थान एन–९५ माक्स, ८४ थान पिपिई सेट, २२ लिटर स्यानिटाइजर, २५० थान पञ्जा, ४० थान चस्मा र ४० थान गाउन उपलब्ध गराएका हुन् ।

स्वास्थ्य सामग्री बिहीबारनै जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यमार्फत १० वटै स्थानीय तहका प्रमुखलाई हस्तान्त्रण गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्