विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यमा कोरोना फैलने क्रममा नै रहेको छ । बिहान राज्यमा भारतीय संचार मध्यमका अनुसार हालसम्म २२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने बिहार राज्यमा दुइ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
बिहारमा २२३ जना संक्रमित मध्ये ४२ जना निको भएका छन् भने अहिले १७९ जना आइसोलेसनमा रहेका छन् । बिहारमा लकडाउन कडा गरिएको छ । शुक्रबार मात्रै भारतको भोजपुरमा एक ६ बर्षीय बालिका र ६० बर्षीय महिलामा संक्रमण देखिएको थियो ।
भारतमा सबैभन्दा बढी महाराष्ट राज्यमा ६ हजार ८ सय १७ जना कोरोना संक्रमित देखिएका छन् ।