सुनिल शर्माको प्रतिबद्धता– कांग्रेस बदल्ने अभियान जारी रहन्छ

<span class='c1'>सुनिल शर्माको प्रतिबद्धता– कांग्रेस</span> <span class='c2'>बदल्ने अभियान जारी रहन्छ</span>

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार डा. सुनिल कुमार शर्माले निर्वाचनमा पराजित भए पनि पार्टी रूपान्तरण र जनसेवाको अभियान निरन्तर जारी रहने बताएका छन्।

महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै शर्माले निर्वाचनको परिणामले आफ्नो राजनीतिक जिम्मेवारी र रूपान्तरणप्रतिको संकल्पलाई कमजोर नबनाएको बताएका हुन्।

उनले आफ्नो उम्मेदवारी कुनै पद प्राप्त गर्ने आकांक्षामा मात्र सीमित नभई नेपाली कांग्रेसलाई जनमुखी, सेवामुखी, आधुनिक र परिणाममुखी बनाउने संकल्पको अभिव्यक्ति भएको उल्लेख गरेका छन्।

महाधिवेशनमा आफूलाई विश्वास गरी अमूल्य मत प्रदान गर्ने देश तथा विदेशबाट आएका प्रतिनिधि, अभियानमा खटिएका अग्रज, साथी, सहयात्री र शुभेच्छुकप्रति उनले आभार व्यक्त गरेका छन्।

शर्माले निर्वाचनको परिणामले आफूलाई अझ परिपक्वता, दृढता र जिम्मेवारीबोधका साथ अघि बढ्न प्रेरणा दिएको बताएका छन्। पदमा रहेर वा नरहेर पनि पार्टी र देशका दूरदराजमा बसोबास गर्ने नागरिकको सेवामा समर्पित रहने उनको प्रतिबद्धता छ।

महान् नेता बीपी कोइरालाको विचार, लोकतान्त्रिक मूल्य–मान्यता र जनसेवाको आदर्शलाई आत्मसात् गर्दै पार्टी र जनताबीचको सम्बन्ध सुदृढ बनाउन आफू निरन्तर सक्रिय रहने उनले बताएका छन्।

कांग्रेसभित्र सकारात्मक परिवर्तन, सुदृढ संगठन र जनउत्तरदायी राजनीतिक संस्कारको स्थापना आफ्नो प्राथमिकतामा रहने उल्लेख गर्दै शर्माले प्रतिस्पर्धामा सहभागी सबै नेता, निर्वाचित पदाधिकारी तथा पार्टीका कार्यकर्तासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘निर्वाचनको परिणामले मेरो राजनीतिक जिम्मेवारी र रूपान्तरणप्रतिको संकल्पलाई कमजोर बनाएको छैन,’ शर्माले आफ्नो सन्देशमा भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्