चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सक्रमण अहिले विश्वका २०६ देशमा पुगिसकेको छ । यो भाइरस हालसम्म २०६ देशका २९ लाख ९३ हजार ५१४ जनामा फैलिसकेको छ ।
जसमध्ये ८ लाख ७७ हजार ४१६ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । हाल १९ लाख ९ हजार संक्रमितको उपचार भइरहेको छ । ५७ हजार ६०० कोरोना संक्रमितको अवस्था गम्भीर रहेको र बाँकीको स्वास्थ्य मध्यम रहेको छ ।
अमेरिकामा मात्रै कोरोना संक्रमण ९ लाख ८७ हजार भन्दा धेरैमा फैलिएको छ । हाल अमेरिकामा ८ लाख १२ हजार ९८६ कोरोना संक्रमित छन् ।
कोरोनाले हालसम्म २ लाख ६ हजार ९१० को ज्यान लिइसकेको छ ।
नेपालमा हालसम्म कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । संक्रमितको संख्या ५२ पुगेको छ । १६ जना निको भएर घर फर्किसकेका छन् । उपचाररत बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।