काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभरका ३० लाख भन्दा धेरै मानिसमा फैलिसकेको छ । मंगलबार बिहानसम्म विश्वभर रहेका ३० लाख ५९ हजार २९८ जनामा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ ।
९ लाख १९ हजार ८१२ निको भइसकेका छन् भने १९ लाख २८ हजार २६७ कोरोना संक्रमितको उपचार भइरहेको छ । ५६ हजार २८१ को अवस्था मध्यम रहेको छ भने १८ लाख ७१ हजार ९८६ को अवस्था मध्यम रहेको छ ।
कोरोना संक्रमणको बिरामीका मृत्युदर १९ प्रतिशत रहेको छ भने निको हुने दर ८१ प्रतिशत रहेको छ ।
अमेरिकामा मात्रै १० लाख ८ हजारभन्दा धेरै संक्रमित छन् । हाल अमेरिकामा ८ लाख १३ हजार ७८९ कोरोाना संक्रमित छन् । यसमध्ये १४ हजार १७५ को अवस्था गम्भीर रहेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हाल कोरोनाको संक्रमण विश्वका २१३ देशमा फैलिसकेको छ ।
मंगलबार बिहानसम्म कोेरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ११ हजार २१९ पुगेको छ ।