भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नजिक

<span class='c1'>भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको</span> <span class='c2'>संख्या एक हजार नजिक</span>

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म नौ सयभन्दा बढीको मृत्यु भइसकेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म नौ सय ३४ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार विगत चौबीस घण्टामा मात्रै ६२ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २९ हजार चार सय ३५ पुगेका छन् ।

जसमध्ये  ६ हजार आठ सय ६८ संक्रमित उपचारपछि घर फर्किएका छन् । भारतको महाराष्ट्रमा सबैभन्दा बढी आठ हजार पाँच सय ९० संक्रमित छन् । यस्तै दोस्रो स्थानमा रहेको गुजरातमा संक्रमितको संख्या तीन हजार पाँच सय ४८ पुगेको छ । -बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्