भुल्के आसपासका थप ३३ जनाको स्वाव सङ्कलन

<span class='c1'>भुल्के आसपासका थप ३३</span> <span class='c2'>जनाको स्वाव सङ्कलन</span>

भक्तिविलास पोखरेल
गाईघाट, वैशाख १६ गते । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले कोरोना भाइरस प्रभाबित त्रियुगा नगरपालिका वडा नं ३ भुल्के आसपासका विभिन्न ब्यक्तिहरुको मङ्गलवार थप ३३ जनाको स्वाव सङ्कलन गरेकोे छ ।

सङ्कलित स्वाव पिसिआर परिक्षणको लागि सोमवारै प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाईएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीले बताउनुभयो । यस अघि सोमबार दुई बच्चा, १५ महिला सहित ९१ जनाको स्वाको परिक्षण विराटनगरमा भइरहेको र बुधवार बेलुकासम्ममा त्यसको रिपोट आउने उहाँले बताउनुभयो ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित नुरी मस्जिदमा गएको एकसाता भित्रमा त्यहाका २८ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएपछि उदयपुरको भुल्के नेपालकै कोरोना संक्रमणको प्रमुख क्षेत्र बनेको हो ।
अहिलेसम्म छसय ५४ जनाको नमूना परीक्षण गरिएकोमा २८ जनामा पोजेटिभ, पाँचसय दुई जनाको नेगेटिभ र एकसय २४ जनाको रिपोट आउन बाँकी रहेको पनि उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्