खेतान समूह र गोर्खा ब्रुअरीले भूकम्पपीडितहरुको सहयोगका लागि १० करोड रुपैयाँ उपलब्ध गराएका छन् । खेतान समूह र गोर्खा ब्रुअरीका प्रतिनिधिहरुले प्रधानमन्त्री सुशील कोइरालालाई भेटी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० करोड रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् । भूकम्पपीडितहरुको उद्धार, राहत र पुनःस्र्थापनाका लागि यो रकम उपलब्ध गराइएको हो ।