दमकमा संक्रमित व्यक्तिको सम्पर्कमा आएका ५७ जनाको रिपोर्ट नेगेटिभ, देखिएन कोरोना

<span class='c1'>दमकमा संक्रमित व्यक्तिको सम्पर्कमा आएका ५७</span> <span class='c2'>जनाको रिपोर्ट नेगेटिभ, देखिएन कोरोना</span>

विष्णुप्रसाद पोखरेल
दमक, वैशाख १७ गते । दमक नगरपालिका वडा नं. ३ मा कोराना संक्रमण भेटिएपछि संक्रमितको सम्पर्कमा आएका सबैको स्वाब परीक्षण रिर्पोट नेगेटिभ आएको छ ।

दुई दिन अघि दमक र छिमेकी कमल गाउँपालिकाबाट ५७ जनाको स्वाब परीक्षणका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
दमक नगरपालिका उपप्रमुख एवं प्रवक्ता गीता अधिकारीका अनुसार सबैको रिर्पोट नेगेटिभ आएको छ ।

रिर्पोट नेगेटिभ आएपछि त्यहाँ गरिएको सिल पनि हटाईएको छ । लक डाउन भने कायमै रहेको उहाँले बताउनुभयो ।

आरडीटी परीक्षणमा तीन जनाको रिर्पोट पोजेटिभ रहेको थियो । त्यसपछि उक्त स्थान सिल गरेर थप जाँच गरिएको थियो ।

‘कसैको पनि रिर्पोट नेगेटिभ देखिएन र पहिलो चरणको जोखिमबाट हामी जोगिएका छौ’, उहाँले भन्नुभयो । संक्रमितको कोभिड अस्पताल विराटनगरमा उपचार हुँदैछ भने संक्रमितको परिवारका सदस्यहरु दमक अस्पतालको आइसोलेशनमा रहेका छन् ।

नगरपालिकाले संक्रमण फैलन नदिन बन्दाबन्दीलाई प्रभावकारी बनाउने निर्णय मंगलबार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्