भारतमा नोभेल कोरोना भाइरस संक्रमितको संख्या ३३ हजारभन्दा बढी

<span class='c1'>भारतमा नोभेल कोरोना भाइरस संक्रमितको</span> <span class='c2'>संख्या ३३ हजारभन्दा बढी</span>

नयाँ दिल्ली । भारतमा नोभेल कोरोना भाइरस संक्रमितको संख्या ३३ हजारभन्दा बढी पुगेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले बिहीबार साँझ सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार हालसम्म भारतमा ३३ हजार ६१० कोरोना संक्रमित रहेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा एक हजार ७१८ कोरोना संक्रमित थपिएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका सचिव लव अग्रवालले देशभर २३ हजार ६५१ संक्रिय कोरोना संक्रमित रहेको जानकारी दिए । उनका अनुसार हालसम्म ८ हजार ३२५ कोरोना संक्रमितलाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

भारतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ७५ पुगेको छ ।

देशभर कोरोना रिकभरी रेट २५ दशमलब १९ प्रतिशत रहेको सचिव अग्रवालले बताए । - बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्