काेराेना र म – शिवप्रसाद ढुङ्गाना

<span class='c1'>काेराेना र म</span> <span class='c2'>– शिवप्रसाद ढुङ्गाना</span>

काेराेना र म

म,
भिसा स्वीकृत गर्न
रोजै दुताबास धाइरहन्थें
स्वीकृत नभएर
विदेश भ्रमणको
धोका खाइरहन्थे ।
सिले त बोलाएकै थिए, चिनमा
गइन तिम्रै डरले
अमेरिका रोजेको हुँ
ट्रम्पसँग हात मिलाउने रहरले
विमानस्थलको प्रतिक्षालयमा
कुर्दै गर्दा बन्दाबन्दी शुरु भएछ
तर, तिमीलाई न त
भिसा चाहिने रहेछ
न त डाक्टरकै निस्सा नै
अहो ! तिमी त कस्तो अद्भूत
यत्र तत्र विचित्र !!
विना भिसै संसार घुमिरहेछौं
त्यै बेला,
तिमी आए पछि हाम्रो ठाउँमा
भिसा रद्द गरेर तिम्रै नाउँमा
विल्कुल तिमीसँग
नभेट्ने अठोटसहित
प्रिय, कोरोना
म आफ्नै गाउँ फर्के है ! _

- शिवप्रसाद ढुङ्गाना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्