कहिले कहिले सम्झिएर घोरिएर बस्छु- राजेन्द्र थपलिया
कहिले कहिले सम्झिएर घोरिएर बस्छु
मेरो देश लाई मेरो सस्कृतीमै नभएको
केक काटेर खादै जन्म दिन मनाएको देख्छु
घरी घरी आँखा मा आँसु बग्न खोज्छ
तर आफै सम्हालिएर जुरुक्क उठ्छु
किन मलाइ हिजो आज बेचैनी भै रहेको छ??
जवाफ माग्न खोज्दा खोज्दै समचार सुन्छु ।।
कहिले कहिले सम्झेर घोरिएर बस्छु
आफू राजा हुन नपाएर रहेछ
ब्यबस्था परिवर्तन गर्न मलाइ उक्साएको
सिटामोल जीवन जल नपाएर मरेको सुन्छु
मेरै देश मा नया नया हेलिकप्टर राष्ट्रपति लाई किनेको सुन्छु ।
कहिले कहिले सम्झेर घोरिएर बस्छु
मेरो देशको नदिनाला डाडापाखा खोसिएको बेचिएको देख्छु
कठैवरी पुर्वज हो आफ्नो परिवार नभनी देशको रक्षा गरेको सम्झन्छु
साच्चै आत्मा नमरेको भए?
कहिले काहीँ सपना मै भए पनि तिनलाई तर्साउने भए ?
कोरोना भन्ने काल तिम्रो आगन मा उफ्रिरहेको छ
तिम्रो झ्याल मा चिहाइ रहेको छ
लाज निती छाडी राजनीति गर
बि पि अनि पुस्पलाल को आशिष तिमी माथि पर्ने छ
कहिले काहीँ सम्झिएर घोरिएर बस्छु
फेसबुक खोल्दा तिम्रो कार्टुन हेरि खित्का छोडेर हास्छु
घोरिने बाताबरण नै भएन
त्यसैले मेरो यो कविता यहीँ बन्द गर्छु ।।।