टेम्पो भीरबाट खसालिएको घटनाप्रति हर्क साम्पाङको आपत्ति, दोषीमाथि कारवाहीको माग

<span class='c1'>टेम्पो भीरबाट खसालिएको घटनाप्रति हर्क</span> <span class='c2'>साम्पाङको आपत्ति, दोषीमाथि कारवाहीको माग</span>

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले कैलालीमा एक टेम्पोलाई भीरबाट खसालिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोप्रति ध्यानाकर्षण गराउँदै एक गरिब टेम्पो चालकको सवारीसाधन वन प्रहरीको उपस्थितिमा भीरबाट गुल्ट्याइएको दृश्यले आफूहरू मर्माहत भएको बताए। उनले उक्त घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न तथा पीडित चालकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराए। साम्पाङले सोही क्रममा घरको छानामाथि ढुंगा हानिएको अर्को दृश्य पनि देखिएको उल्लेख गर्दै पछिल्लो समय प्रहरीको व्यवहारप्रति चिन्ता व्यक्त गरे । नागरिकले प्रहरी देख्दा सुरक्षा र संरक्षणको अनुभूति गर्नुपर्ने भएपनि केही घटनाका कारण प्रहरीप्रति डर र त्रासको वातावरण सिर्जना भएको उनको भनाइ थियो।

उनले भने,‘एउटा गरिब दुखी टेम्पो चालकको टेम्पो वन प्रहरीको उपस्थितिमा भीरबाट गुल्ट्याइदिँदै गरेको भिडियो देखियो । त्यो दृश्यले हामी मर्माहत छौं । त्यसतर्फ गृहमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहान्छु । दोषिलाई कारवाही होस् र क्षतिपूर्तीको व्यवस्था गरियोस् । त्यो सँगै घरको छानामा ढुंगा हान्दै गरेको पनि देखियो । अचम्म लाग्छ, आजभोली प्रहरी यसरी उद्दण्ड भएको देख्दा । प्रहरी देख्ने वित्तिकै शान्ति सुरक्षाको महसुस हुनुपर्ने हो । प्रहरी देख्दा डर र आतंक मान्ने वातावरण तुरुन्त सच्याइयोस् ।’ गत जेठ २९ गते डिभिजन वन कार्यालय कैलालीका कर्मचारीले अतिक्रमण हटाउने क्रममा गोदावरी नगरपालिका वडा नम्बर ४ मा एक महिलाको टेम्पो भीरबाट खसालिएको भिडियो सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्