ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी भएको छ । शुक्रबार साँझ बजारको एक खाजा पसलबाट सुरु भएको आगलागीबाट ७ वटा घर र ११ पसल जलेर नष्ट भएका छन् । मानवीय क्षति भए नभएको पहिचान भइनसकेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।
मानवीय क्षति भए नभएको पहिचान भइनसकेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । आगालागी सदरमुकामको न्युरोड क्षेत्रतर्फ लागेको उनले बताए । आगो अहिले करिब नियन्त्रण लिइसकेको उनले जानकारी दिए । । अगलागी नियन्त्रणका लागि नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, प्रमुख जिल्ला अधिकारी निरौलाको टोली, मेयर र स्थानीयवासी खटेका थिए ।
‘घरमा रहेका ग्यास सिलिन्डरहरु पड्किएका कारण आगालागी नियन्त्रण गर्न निकै हम्मे परेका थियो, मानवीय र भौतिक क्षति कति भयो भन्ने बारेमा खोजी भैरहेको छ । आगलागी करिब नियन्त्रणमा आइसकेको छ’ निरौलाले भने । सोही स्थानमा ५ वर्षअघि पनि भीषण आगलागी हुँदा ३७ घर जलेर नष्ट भएका थिए भने करोडौको क्षति भएको थियो ।