विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेविसंघको माग

<span class='c1'>विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट उपलब्ध</span> <span class='c2'>गराउन नेविसंघको माग</span>

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अनलाइन अध्ययनका लागि विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेपाल टेलिकमसँग माग गरेको छ । लकडाउनमा विद्यार्थीहरुको पठनपाठन बन्द भएको र विश्वविद्यालय एवम् विद्यालयहरुले अनलाइन कक्षा सुरु गरेको अवस्थामा विद्यार्थीलाई सामाजिक उत्तरदायिन्व अन्तर्गतको बजेटबाट निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेविसंघले माग गरेको हो ।

नेविसंघले आइतबार टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै विद्यालय तथा क्यमम्पसहरुसँग विवरण लिएर निःशुल्क इन्टरनेट उपलब्ध गराउन माग गरेको हो ।

नेविसंघका महामन्त्री दीपक भट्टराईले विश्व स्वास्थ्य संगठनले कोरोनाको असर दुई वर्षसम्म पर्ने बताइसकेको र यसले नेपालको शिक्षामा पनि असर पार्ने भएकाले अनलाइन कक्षाको व्यवस्था गर्न विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउनुपर्ने बताए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले निःशुल्क इन्टरनेट उपलब्ध गराउँदा टेलिकमको नेटवर्कमा असर पार्ने भएकाले न्यूनतम शुल्कमा उपलब्ध गराउने व्यवस्था गरिएको बताए । उनले नेटवर्क युटिलाइजेसनमा ब्यालेनस पनि हुने र अनावश्यक दवाव पनि नपर्नेगरी विहान ५ बजे देखि १० बजे सम्मका लागि सस्तोदरमा इन्टरनेट उपलब्ध गराइएको बताए ।

सामुदायिक विद्यालय तथा सरकारी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि शिक्षा मन्त्रालय एवं सञ्चार मन्त्रालयसँगको समन्वयनमा अझै केही सहुलियत दिने ठाउँ रहेको प्रबन्ध निर्देशक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्