कोरोना भाइरसको संक्रमणको उपचार गरेर घर फर्किएका तीन जनामा फेरि कोरोना पोजेटिभ देखिएको छ ।
पुन:संक्रमित हुनमा काठमाडौं, रौतहट र वीरगञ्जका एक-एक जना संक्रमित हुन् ।
रौतहटका एक युवक र विरगंजमा भारतीय जमातीका साथै काठमाडौंमा पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुष रहेका छन् ।
रौतहट र वीरगञ्जमा चैतदेखि वैशाखसम्म विभिन्न समयमा कोरोना पुष्टि भएर उपचारपछि दुईपटक कोरोना जाँच गर्दा नतिजा नेगेटिभ आएपछि वैशाख १४ गते चारजनालाई एकसाथ डिस्चार्ज गरिएको थियो ।
यसै गरी ५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका काठमाडौंका पुन: संक्रमित हुने व्यक्तिसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण भएको १ वैशाखमा पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचार गरेर आमाछोरा ११ वैशाखमा घर फर्किएका थिए ।
उनीहरु सबैमा मंगलबार परीक्षण गर्दा पुन:संक्रमण देखिएको अनलाइन खबरले समाचार लेखेको छ ।