नेपालमा आज मात्र १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस अपडेटमा यो पुष्टि गरिएको हो ।
राष्ट्रय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण देखिएको हो । संक्रमण देखिने सबै पर्साका भएको बताइएको छ । संक्रमित हुनेमा २ महिना देखि ६६ वर्षसम्मका छन् । उनीहरुमा ७ जना महिला १० जना पुरुष रहेको बताइन्छ । यसका साथै नेपालमा कुल कोरोना संक्रमित संख्या ९९ पुगेको छ ।