भारतीय क्वारेन्टाईनबाट संक्रमित युवा फरार, नेपालमा उच्च सतर्कता

<span class='c1'>भारतीय क्वारेन्टाईनबाट संक्रमित युवा</span> <span class='c2'>फरार, नेपालमा उच्च सतर्कता</span>

सीमावर्ती भारतीय क्वारेन्टाइनमा रहेका कोरोना सङ्क्रमित एक युवक फरार भएपछि बाँकेको नरैनापुर गाउँपालिकामा उच्च सतर्कता अपनाइएको छ । भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टाइनमा रहेका नरैनापुर ३ बहाउपुर्वा गाउँका युवक क्वारेन्टाइनबाट सोमबार फरार भएपछि नेपाल भित्रिएर गाउँमा आएको हुन सक्ने आशङ्काले स्थानीयवासीलाई सजग बनाई खोजतलास थालिएको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।

पन्ध्र दिनदेखि भारतको श्रावस्तीस्थित सिरसिया क्वारेन्टाइनमा रहँदै आएका नरैनापुर–३ बहाउपूर्वा गाउँका तीन युवामा परीक्षणका क्रममा लखनउस्थित प्रयोगशालाले कोरोना भाइरस पुष्टि गरेको नरैनापुर ३ का वडाध्यक्ष राजकुमार मौर्यको भनाइ छ । उनका अनुसार सङ्क्रमित तीनमध्ये एक युवक सोमवार बिहानदेखि क्वारेन्टाइनबाट फरार भएपछि नेपाल–भारत अवैध नाकाबाट प्रवेश गरी लुकिछिपी गाउँ फर्किने आशङ्का बढेकाले वडामा सजगता अपनाइएको छ ।

उन्नाइस, २४ र ३५ वर्षीय नेपाली युवा एक हप्ताअघि पनि क्वारेन्टाइनबाट भागेर घरमा आइबसेको पाइएपछि भारतकै क्वारेन्टाइनमा बस्न पठाइएको थियो । नेपाल–भारत मुख्य नाका जमुनाहमा आवतजावत ठप्प पारिएपछि नरैनापुर क्षेत्रमा भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम बढ्दो छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्