विराटनगरमा दुई जनामा र धनकुटामा एक जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या २ सय ९५ पुगेको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा धनकुटाको ३४ वर्षीय महिलाका साथै विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीय महिला रहेको बताइको छ ।
हाल सम्म नेपालमा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३६ जना संक्रमणमुक्त भइसकेका छन् ।
नेपालमा हाल सम्म २८ हजार १ सय ६३ जनामा पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरीएको छ ।भिड-१९ पुष्टी भएकाहरुको जम्मा संख्या ३९ छ । निको हुनेहरुको जम्मा संख्या १७ रहेको छ ।