भारत र बंगलादेशमा समुद्री आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु

भारत र बंगलादेशमा समुद्री आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु

एजेन्सी । भारत र बंगलादेशमा समुद्री आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । अम्पन नाम दिइएको आंधीका कारण रुखहरू ढलेका छन् भने घरको छानाहरू उडेका छन् ।

प्रति घण्टा १ सय ८५ किलोमिटर प्रति घण्टाको वेगमा आएको आंधी प्रभावित ३० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । कोरोना महामारीका कारण उद्धारमा कठिनाइ उत्पन्न भएको बताइएको छ ।

प्रभावित केही मानिसहरू हालै मात्र कोरोनाबाट बच्न क्वारेन्टाइनमा बसेर फर्केकाहरू पनि छन् । पूर्वी भारतीय राज्यहरू र बंगलादेशमा आँधीको असर बढी देखिएको छ ।

आंधी पश्चिम बङ्गाल र बङ्गलादेशको तटीय क्षेत्र पार गरी लगाातार उत्तरपूर्वतर्फ अगाडि बढिरहेको छ । त्यसपछि यो क्रमशः कमजोर बन्दै उत्तर–पूर्वी दिशातर्फ मोडिने सम्भावना रहेको जनाइएको छ ।

उक्त आँधी बङ्गालको खाडीमा सन् १९१९ यता आएको सबैभन्दा ठूलो समुद्री आँधी हो ।

यता नेपालमा आंधीको प्रत्यक्ष प्रभाव नरहे पनि यसको अप्रत्यक्ष प्रभावबाट देशको पूर्व र मध्य क्षेत्रका केही स्थान प्रभावित हुने मौसमविद्हरुले जनाएका छन् ।

आगामी दुई दिनसम्म केही स्थानमा वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने तथा पूर्व र मध्यक्षेत्रमा खोलानालामा जलप्रवाहमा बढोत्तरी हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्