धरान जेठ ९,
धरानमा नाबालिका बलात्कारको आरोपमा समाजवादी पार्टीका नेता श्री सुब्बा भनिने श्री प्रसाद लिम्बु पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय धरानले स्थानीय ८ बर्षकि नाबालिकालाई फकाई जवरजस्ती करणी गरेको आरोपमा धरान १५ मिलन पथका बस्ने ४० बर्षीय समाजवादी पार्टीका नेता सुब्बालाइ पक्राउ गरेको हो ।
बलात्कृत ८ वर्षिय ती नाबालिकाले आमालाई विगत १०–१२ दिन देखि आफु माथि भएको घटना बताएपछि आमाले जेठ ५ गते इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।
पिडित रहेका लिम्बु तत्काल फेला नपरेको बताएको प्रहरीले बिहिबार पक्राउ गरेको हो । प्रहरीले पिडित नाबालिकाको स्वास्थ्य परिक्षण गरिसकेको जनाएको छ ।