ताप्लेजुङ, जेष्ठ १० गते ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ का २१ बर्षीय केशव खवास मृत फेला परेका छन् ।
जेष्ठ ०६ गते मेवाखोलामा हामफाली बेपत्ता भएका खवासको खोजतलास गर्ने क्रममा शुक्रवार बेलुका ७ बजे घटनास्थल भन्दा करिव २०० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।