खोटाङका कोरोना संक्रमित एक युवकका परिवारसहित ४३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

<span class='c1'>खोटाङका कोरोना संक्रमित एक युवकका परिवारसहित</span> <span class='c2'>४३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ</span>

कोरोना सङ्क्रमित खोटाङका एक युवकका परिवारसहित ४३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

काठमाडौँबाट गत वैशाख–१२ गते उद्दार गरेर ल्याइएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उनका आठ जना परिवार, उनीसँगै बसमा आएका व्यक्ति, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको स्वाब सङ्कलन गरेर परीक्षण गर्न विराटनगर पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

गत मङ्गलबार कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगर पठाइएका ४३ जना व्यक्तिको स्वाबको पिसिआर रिपोर्ट गएराति ११ बजे नेगेटिभ आएको नगरप्रमुख इवन राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्