आज थप भएका एक संक्रमित मोरङको नभई झापाका

आज थप भएका एक संक्रमित मोरङको नभई झापाका

विराटनगर जेठ ११ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मिडिया ब्रिफिङमा मोरङका भनिएका संक्रमित झापाको भएको खुलेको छ । मन्त्रालयको ब्रिफिङमा संक्रमित व्यक्तिको जिल्ला गलत सम्प्रेषण भएको कारण मोरङका भनिएको थियो ।

झापाको बाह्रदशीमा थप १ जनामा कोरोना पुष्टि भएको छ । बाह्रदशी ३ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो । उनी गत शुक्रवार दिल्लीबाट आएका थिए ।

बाह्रदशी राधानगर टोलका पुरुषमा संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि विराटनगर लगिएको छ । उनी बाह्रदशी आएर क्वारेन्टाइन बसेका थिए ।

यो सँगै बाह्रदशीमा संक्रमितको संख्या २ पुगेको छ भने झापामा कुल संक्रमित ३७ जना पुगेका छन् । यसमध्ये २ जना उपचारपछि घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्