सुरक्षितरूपमा विद्यालय सञ्चालन गर्ने विषयमा गृहकार्य शुरू

<span class='c1'>सुरक्षितरूपमा विद्यालय सञ्चालन गर्ने</span> <span class='c2'>विषयमा गृहकार्य शुरू</span>

ईश्वरराज ढकाल, काठमाडौं । 

लकडाउन लम्बिन सक्ने संकेत देखिएपछि सरकारले सुरक्षितरूपमा विद्यालय सञ्चालन गर्ने विषयमा गृहकार्य शुरू गरेको छ ।

त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्थानीय निकायको संस्था नेपाल नगरपालिका महासंघ, प्रदेश सरकारअन्तर्गत समाजिक विकासमन्त्री, सचिवलगायत सँग छलफल शुरू गर्नुभएको छ ।

स्थानीय तहका जनप्रतिनिधि र महासंघका अधिकारीले सुरक्षतिरूपमा विद्यालय सञ्चालन गर्ने विषयमा संघ सरकारले सहमति दिनुपर्ने जनाएका छन् । मन्त्रालयले अनलाइनमार्फत कुराकानी गर्दा अधिकांश नगरपालिका र गाउँपालिकाले सुरक्षितरूपमा विद्यालय खोल्ने तयारी गरिरहेका छन् ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले लकडाउन लम्बिँदै गए थोरै विद्यार्थी भएका र गाउँ नै सेल्फ क्वारेन्टाइन जस्तो भएका गाउँका विद्यालय सञ्चालन गर्न सकिने विषयमा छलफल शुरू गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘भौतिक दूरी कायम गर्ने गरी कसरी सुरक्षितरूपमा विद्यालय खुला गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौं ।’

मन्त्रालयले सबै शिक्षकको पीसीआर परीक्षण गर्ने, विद्यालयमा सेनिटाइजर र थर्मल गन प्रयोग गरी ताप मापन गर्ने र विद्यार्थीलाई कक्षाकोठामा दूरी कायम गर्ने गरी बस्ने वातावरण मिलाएर मात्र विद्यालय खोल्ने तयारी गरिरहेको छ ।

स्थानीय शिक्षकले पढाउने थोरै विद्यार्थी भएका विद्यालयमा कसरी पढाउने वातावरण कायम गर्न सकिन्छ भन्ने विषयमा अध्ययन शुरू गरेको मन्त्रालयले यो महिनालगत्तै ठोस निर्णय गर्ने तयारी गरेको छ ।

जनक शिक्षा सामग्रीले स्थानीय तहमार्फत विद्यार्थीको हातमा पुस्तक पुर्याइसकेको अवस्थामा विद्यार्थीलाई विद्यालय आउने वातावरण तयार गर्न आंशिकरूपमा खुला गर्नुपर्ने देखिएको मन्त्रालयका अधिकारीको भनाइ छ ।

मन्त्रालयले चरणबद्धरूपमा छलफल गरी तयार गरेको प्रतिवेदन कोभिड–१९ उच्चस्तरीय समितिलाई बुझाएपछि सो समितिको निर्णयको आधारमा विद्यालय खोल्ने विषयमा मन्त्रालयले निर्णय गर्नेछ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले जेठ १४ गतेभित्र ठोस निर्णय दिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘धेरै दिन विद्यालय बन्द गरेर राख्ने अवस्था आउँदैन सरकारले विकल्प खोज्नैपर्छ ।’ लकडाउनका कारण चैत ६ गतेदेखि विद्यालय बन्द भएपछि समस्या पर्दै आएको छ ।

निजी विद्यालयले यही अवस्था भए असारदेखि शिक्षकलाई तलब दिन समस्या पर्ने जनाएको प्याब्सन र एन–प्याब्सनले सरकारले तत्काल विद्यालय खोल्ने वातावरण तयार गर्न आग्रह गरिसकेको छ ।

हिसानका अध्यक्ष रमेश सिलवालले दुई महिनासम्म विद्यालय बन्द हुँदा समस्या भएको बताउनुभयो । उहाँले निजी विद्यालयको पछिल्लो अवस्थाका बारेमा आइतबार शिक्षामन्त्री पोखरेलसँग भेट गर्नुभएको थियो ।

भेटको अवसरमा मन्त्री पोखरेलले लामो समयसम्म विद्याल बन्द गर्दा समस्या परेको स्वीकार्दै, विकल्पका बारेमा छलफल भइरहेको बताउनुभएको सिलवालले जानकारी दिनुभयो ।

उहाँले निजी विद्यालय बन्द हुने अवस्थाबाट जोगाउन सरकारले सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने र हालको ब्याजदर घटाउन पहल गर्नुपर्ने बताउनुभयो ।

निजी विद्यालयहरूले अर्थमन्त्री डा. युवराज खतिवडासँग समेत भेट गरी प्याकेज घोषणा गर्न र सहुलियत ऋणको व्यवस्था गर्न आग्रह गरिसकेका छन् । उता शिक्षक–कर्मचारीको तलब, घरभाडा दिन नसक्ने अवस्थामा पुगेका विद्यालय बन्द हुने अवस्थामा आएको निजी विद्यालय सञ्चालकको भनाइ छ ।

असारदेखि शुल्क लिन नसके धेरै विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ । कतिपय विद्यालयका घरधनीले विद्यालय सञ्चालकसँग घरभाडा माग गर्दैै तत्काल भाडा नदिए घर छाड्नसमेत चेतावनी दिन थालेका विद्यालय सञ्चालकको भनाइ छ । नेपाल समाचार पत्रमा खबर छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्