डा. गोविन्द केसीले दुईदिने सत्याग्रह गर्ने, नेपाली भूमि फिर्ता गर्न माग

<span class='c1'>डा. गोविन्द केसीले दुईदिने सत्याग्रह गर्ने,</span> <span class='c2'>नेपाली भूमि फिर्ता गर्न माग</span>

भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरू गर्न माग गर्दै डा. गोविन्द केसीले दुईदिने सत्याग्रह गर्ने जनाइएको छ ।

एक विज्ञप्ति जारी गर्दै यही जेठ २० गतेदेखि दुईदिने सत्याग्रह गरिने विज्ञप्तिमा उल्लेख छ । लिम्पियाधुरादेखि आउने महाकाली नदी नै नेपालको पश्चिमी सीमा कायम गर्न माग गरिएको छ ।

राष्ट्रवादको बहकिएको बहसलाई सही ठाउँमा ल्याउन तथा सीमाञ्चलका मानिसको पीडाप्रति राज्यको ध्यानाकर्षण गराउँदै त्यहाँको शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरू गर्न माग गर्दै सत्याग्रह गर्ने घोषणा गरिएको छ ।

हालसम्म भएका सबै माग पूरा गर्न, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा डीनलगायतका पदाधिकारी नियुक्ति सम्झौता कार्यान्वयन गर्न तथा गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाममा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाउन भनिएको छ ।

त्यसै गरी गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउन तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्