कोरोना संक्रमितलाई अस्पताल लग्न खोज्दा झडप,१२ राउण्ड हवाई फायर

<span class='c1'>कोरोना संक्रमितलाई अस्पताल लग्न खोज्दा</span> <span class='c2'>झडप,१२ राउण्ड हवाई फायर</span>

रौतहटको ईशनाथ नगरपालिकामा स्थानीयवासी र प्रहरीबिच शुक्रबार झडप भएको छ । ईशनाथ नगरपालिकामा बिहीबार कोरोना पुष्टि भएका दुई जनालाई अन्यत्र आइसोलेसनमा उपचारको लागि लान खोज्दा झडप भएको हो ।

ईशनाथ-७, जोकहामास्थित अनवारुल इस्लामिक मदरसामा रहेको क्वारेन्टाइनका दुई व्यक्तिमा बिहीबार सङ्क्रमण पुष्टि भएको थियो ।  कोरोना सङ्क्रमित भएका दुवै जनालाई उपचारका लागि जिल्लाभित्रै अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान चिकित्सक र सुरक्षाकर्मी पुग्दा भएकाे वादविवादले उग्र रुप लिएको थियो । सङ्क्रमितहरूलाई अन्यत्र नलगेर सोही नगरपालिकाभित्र उपचार गराउनुपर्ने भन्दै स्थानीयले विरोध गरेपछि झडप भएको हो ।

झडप नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ । झडपमा प्रहरीको गाडीहरूमा तोडफोड भएको छ तर कुनै अप्रिय घटना नघटेको रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभएको छ । यसअघि बिहीबार पनि जिल्लाको कटहरिया नगरपालिकामा क्वारेन्टाइन निर्माण गर्ने विषयलाई लिएर स्थानीय र प्रहरीबिच झडप भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्