इलाम नगरपालिका–१ साखेजुङस्थित सडकमा मे १ त ४१०३ नम्बरको ट्याक्टर सडकबाट ३० फिट तल खसेर दुर्घटना हुँदा चालक ३२ वर्षीय योगेस मगरको मृत्यु भएको हो ।
घाइते भएका उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका २ जनालाई जिल्ला अस्पताल हुँदै थप उपचारका लागि मनमोहन अस्पताल झापा पठाइएको छ ।