पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जातीय विभेद हटाउन सबैजनाले एउटै थर लेख्न प्रस्ताव गरेका छन्। आइतबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलकै क्रममा उनले रूकुम पश्चिमको घटनाको चर्चा गर्दै यस्तो प्रस्ताव गरेका हुन् ।
श्रम गर्नेलाई हेपेर दलित भनेर हेप्ने र जातीय छुवाछुतका आधारमा प्रताडित गर्न नपाइने भन्दै उनले भने,`यो छुवाछुत प्रथा हटाउन सबैले एकै थर लेखौं। म पनि बरु बाबुराम भट्टराई 'कामी' भनेर लेख्न तयार छु ।´
उनले क्रान्तिका आधार इलाका रूकुममा जातीय विभेदका कारण मानिसकाे ज्यान जाने गरि भएको घटना प्रतिक्रान्ति भएको पनि बताए ।
क्रान्तिको आधार इलाका रुकुममा त्यत्रो प्रतिक्रान्ति हुन्छ भने देश कहाँ जाँदैछ भन्ने प्रश्न गर्दै उनले जातीय छुवाछूत हटाउन साझा प्रयास गर्न पनि आग्रह गरे ।