उयदपुर, जेठ २१ । उदयपुरको कटारीमा १२ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
कटारी नगरपालिकाका १७ वर्षीय युवकलाई पक्राउ गरिएको हो ।
१२ वर्षीया बालिकाको स्वास्थ्यमा समस्या आइ चेकजाँच गर्दा ८ हप्ताको गर्भ रहेको पाइएको कटारी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्टले जानकारी दिए ।
यस्तै, उदयपुरकै चौदण्डीगढी नगरपालिका–१० बस्ने ४५ वर्षीय पर्वत अधिकारीलाई सोही ठाउँकी १० वर्षीया बालिकालाई आफ्नो घरमा बोलाइ बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
दुवै आरोपीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख वीरबहादुर बुढाले जानकारी दिएका छन् ।