सिर्जनशील युवा समाज नेपालले विश्व वातावरण दिवसको अवसर पारी आज वृक्षारोपण सम्पन्न गरेको छ ।
बुढिगंगा वडा नं. ३ स्थित स्वास्थ चौकीको चौरमा आयोजित उक्त वृक्षारोपण कार्यक्रममा फरक प्रजातीका १ सय विरुवा रोपिएको हो । साथै सोही अवसर पारेर संस्थाले सरसफाई कार्यक्रम समेत आयोजना गरेको संस्थाका अध्यक्ष सागर थापाले बताए ।
विभिन्न अवसर पारी सिर्जनशील युवा समाजले सामाजिक कार्यहरु निरन्तर रुपमा गर्दै आएकोमा आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिने संस्थाका सचिव आयुष अधिकारीले बताए । कार्यक्रममा संस्थाका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।