झापाको दमकमा करेन्ट लागेर एक जना मृत्यु

<span class='c1'>झापाको दमकमा करेन्ट लागेर</span> <span class='c2'>एक जना मृत्यु</span>

झापा । झापाको दमक नगरपालिका–२ स्थित हुम्सेदुम्से सामुदायिक वनभित्रको रिसोर्टमा काम गर्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सल्यान जिल्ला कालिमाटी गाउँपालिका–४ बस्ने २६ वर्षीय चित्रबहादुर ओली रहेका छन् । शुक्रबार दिउँसो रिसोर्टभित्र काम गर्ने क्रममा बा१क ८०९६ नंको जेसिबीले बिजुलीको तार छोइ करेन्ट लाग्दा उनी घाइते भएका थिए ।

घाइते ओलीलाई उपचारका लागि आम्दा अस्पताल दमक लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी जेसिबीका सहचालक हुन् । उनको शव आम्दा अस्पताल दमकमा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक साकारराज पन्तले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्