७ जना संक्रमीत पुष्टि भएको नगरपालिकामा सैयौंको जुलुस, बिरोध ठूलो कि स्वास्थ ??

<span class='c1'>७ जना संक्रमीत पुष्टि भएको नगरपालिकामा सैयौंको</span> <span class='c2'>जुलुस, बिरोध ठूलो कि स्वास्थ ??</span>

यो महोत्तरी जिल्लाको भंगहा नगरपालिकाको दृश्य हो, बजार छेउको श्री माध्यमिक बिधालय भंगाहामा ३०० जना भन्दा धेरै क्वारेन्टाइनमा छन् । नगरपालिकाको संयोजनमा नेपालभारत वोर्डरमा अलपत्र नगरवासीहरुलाई गाडी पठाएरै नगरपालिकासम्म उद्धार गरेर ल्याइयो र ल्याएर क्वारेन्टाइनमा राखिएको छ ।

संभवत आफ्ना नगरवासीहरुलाई सिमावाट उद्धार गर्ने पहिलो नगरपालिकाहरुको सूचीमा भंगाहा नगरपालिका पर्दछ यद्धपी अहिले त्यहाँ राजनैतिक खाचातानीका कारणले गर्दा पटक पटक संक्रमणको जाेखमको परवाह नगरि नाराजुलुक र सैयौंको सख्याँमा बिरोध र्यालीहरु निकालिरहेका छन् ।

मेयर सन्जीब शाहलाईको बिरोधमा यी र्यालीहरु स्थानीय नेपाली काँग्रेस र नेकपा एमाले संयूक्तका कार्यकर्ताहरुले निकालेको बताइएको छ, सामाजिक दुरीको बिना कुनै परवाह निकालिएका यस्ता र्यालीले बिरोध त जनाउला तर भोलीका दिनमा संक्रमणको जोखिमलाई बढाउने संभावना चाँही प्रशस्त छ ।

राहतका बिषयमा मेयरसंगको बिवादपछि यि र्यालीहरु आयाजना गरिएका हुन्, पहिलो चरणमा हप्तादिन अघि नै एउटा र्याली आयोजना भएको बताइन्छ । मेयर शाहले भनें पटक पटक आन्दोलनरत पक्षलाई आफ्नो कुराहरु लिएर वार्तामा आउन र आफूमार्फत केहि गल्ती भएको नभएको छानविन गर्न आव्हान गर्दै आएका छन् ।

राहत वितरणका कुरा देखि राहतको परिमाणसम्ममा चित्त नबुझेको स्थानीयहरु र्यालीमा उत्रिएको बताइन्छ, नगरपालिकाले भनें प्रथम चरणको राहतमा १० किलो चामल, एक लिटर तेल, एक प्योकट नुन र एक किलो दाल वितरण गरिसकेको छ ।

बिवाद अनि बैमनस्यतालाई लकडाउनमा पनि र्याली निकालेर प्रदर्शन गरिनु उचित उपाय नहुन सक्छ यद्धपी काँग्रेस र एमालेका कार्यकर्ताहरु नगरपालिकामा सैयौंको सख्याँमा मान्छे भेला पारेर र्याली निकाल्दै जनस्वास्थ माथि नै खेलवाड गरिरहेको स्थानीयको भनाँई छ । मेयरसंगको बिवादलाई लिएर नगरवासीको स्वास्थ जोखिमसंग संझौता गर्न नहुने तर्क धेरै को छ ।

यस्ता सैयौंका सख्याँमा मान्छे सहभागी गरेर निकालिएको भिँडको प्रयोजन र प्रयोजन दुबै भंगहा नगरपालिकावासीका लागि जोखिम भएको छ, सारा विश्व नै कोरोना त्रासमा भएका समयमा भँगहा नगरपालिकाका स्थानीय काँग्रस र एमाले नेताहरुको यो कदमको शिकार समग्र नगरपालिका नहोला भन्न सकिँदैन ।

लाइभमाण्डु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्