सुनसरीमा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । एम्बुलेन्सको ठक्करबाट सुनसरी बर्जु–१४ का ४० वर्षीय मनोजकुमार माझीको मृत्यु भएको हो ।
शुक्रबार बेलुका ८ बजे मोरङ बुढिगंगा गोकुवा चोक राजमार्गमा को २ च २८८२ नम्बरको ऐम्बुलेन्सले साइकलयात्री माझीलाई ठक्कर दिएको थियो ।
एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा बिराट टिचिङ अस्पतालमा पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक प्रेम राजवंशी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।