सोलुखुम्बु, २६ जेठ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९, लोखिममा मञ्जुरीका साथ भइरहेको वालबिवाह जनप्रतिनिधि र प्रहरीले रोकिदिएका छन् ।
आइतबार लोखिममा १९ वर्षका किशोर र १६ वर्षीय किशोरीबीच पारिवारीक कुरा मिलाएर दुलाह पक्षबाट दुलाहीको घरमा गएका थिए । त्यसको सुचना पाएपछि प्रहरी र स्थानीय जनप्रनिधि र प्रहरीले बेहुलीको घरमै पुगेर सम्झाई बुझाई गरेर विवाह रोकेको थुलुङ गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भूपालसिंह राईले बताउनुभएको छ ।
सम्झाइ बुझाइपछि विवाह रद्ध भएको उहाँले भन्नुभयो । मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ को उपदफा २ आनुसार २० वर्ष नपुगी मञ्जुरीमा नै गरिएको विवाह कानून विपरीत मानिन्छ ।
साथै उपदफा २ मा विवाह गर्ने गराउने व्यक्तिलाई समेत तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।