मेची–महाकाली विद्युतीय रेल : पूर्वबाट जग्गा अधिग्रहण प्रक्रिया सुरु

<span class='c1'>मेची–महाकाली विद्युतीय रेल : पूर्वबाट</span> <span class='c2'>जग्गा अधिग्रहण प्रक्रिया सुरु</span>

सरकारले मेची–महाकाली विद्युतीय रेलमार्गका लागि पूर्वबाट जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ ।

पहिलो चरणमा रेलमार्ग निर्माण हुने भनिएको १०६ किलोमिटर लामो काँकडभिट्टा–इनरुवा खण्डका लागि झापा, मोरड र सुनसरी जिल्लाभित्रका लगभग चार हजार कित्ता जग्गाको अधिग्रहण प्रक्रिया सुरु भएको हो ।

सरकारले रेलमार्गले ओगट्ने ६७३ बिघा १८ कठ्ठा जग्गा अधिग्रहण गर्नेछ । झापामा ३०३ बिघा, मोरङमा २३० बिघा र सुनसरीमा १४० बिघा १८ कठ्ठा जग्गा अधिग्रहण हुनेछ ।

झापा जिल्ला प्रशासन कार्यालयले यही जेठ २४ गते सार्वजनिक सूचना प्रकाशित गरी अधिग्रहण प्रक्रिया शुरु भएको जानकारी दिएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले ३५ दिनभित्र सम्बन्धित जग्गाधनीले जग्गाधनी प्रमाणपूर्जा, मालपोत तिरेको रसिद र नागरिकताको प्रमाणपत्रसहित हकदाबीका लागि निवेदन दिन सूचनामार्फत सर्वसाधारणलाई जानकारी दिइएको बताए । - रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्