खोटाङमा प्रहरीले करणी उद्योगसम्बन्धी जाहेरी लिन अस्वीकार गरेपछि मानवअधिकारमा उजुरी

<span class='c1'>खोटाङमा प्रहरीले करणी उद्योगसम्बन्धी जाहेरी</span> <span class='c2'>लिन अस्वीकार गरेपछि मानवअधिकारमा उजुरी</span>

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले करणी उद्योगसम्बन्धी जाहेरी लिन अस्वीकार गरेपछि पीडित पक्षले राष्ट्रिय मानवअधिकार आयोगलाई गुहारेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ५७ वर्षीय कुमार बाँस्तोलाविरुद्ध स्थानीय ३२ वर्षीया महिलाले दिएको जाहेरी प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले लिन अस्वीकार गरेपछि सोमबार पीडित पक्षले प्रहरीविरुद्ध नै मानवअधिकार आयोगको प्रदेश नं १ शाखा कार्यालय दिक्तेलमा उजुरी दर्ता गराएको छ ।

पीडित भनिएकी महिलाले दिएको उजुरी सोमबार नै दर्ता गरेर अनुसन्धान शुरु गरिएको आयोगका निमित्त प्रमुख सुमित्रा राईले बताइन् । “उजुरी आएलगत्तै पीडित महिलासँग सोधपुछ गरेर छानबिन शुरु गरिएको छ”, उनले भनिन्, “घटनाका विषयमा थप अनुसन्धान गरेर कारवाहीको प्रक्रिया अगाडि बढाइनेछ ।”

पीडक बाँस्तोलाले यही जेठ ३ गते राति आफ्नै घरमा आएर बलात्कार प्रयास गर्नुका साथै हातपातसमेत गरेकाले उनीविरुद्ध कारवाहीको माग गर्दै जाहेरी लिएर प्रहरीमा जाँदा पटकपटक फर्काइदिएपछि मानवअधिकार आयोगमा उजुरी दिइएको पीडित महिलाले बताइन् । “म अन्यायमा परेकी छु”, उनले भनिन्, “प्रहरीमा न्याय माग्न जाँदा उल्टै हप्काएर पठाएपछि मानवअधिकार आयोग गुहारेकी हुँ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्