नेपाली सेनाले गरे कोरोनाबाट मृत्यु भएका शव व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन

<span class='c1'>नेपाली सेनाले गरे कोरोनाबाट मृत्यु भएका</span> <span class='c2'>शव व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन</span>

विराटनगर । नेपाली सेनाले कोरोनाबाट मृत्यु भएका शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा डेमो प्रदर्श गरिएका छन् ।

पूर्वी पृतना हेकक्वाटर कार्यलय अन्र्तगत धनकुटा जिल्ला स्थित श्री बरख गण र नं २ फिल्ड एम्बुलेन्स गुल्मले संयुक्तरुपमा नम्बर २ बाहिनी अ¸ा हिले व्यारेकमा उक्त गणका सेनानी पुष्प घलेको कमाण्डमा मंगलबार डेमो प्रदर्शन गरिएको हो ।
एक जना कमान्डरसहित ९ जनाले कोभिड १९ बाट संक्रमित भई मृत्यु हुनेको शवलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने सम्बन्धि डेमो प्रदर्शन गरेका हुन् ।

कोभिड १९ को प्रतिकार तथा रोकथामका लागी सरकारद्धारा नेपाली सेनालाई प्राप्त कार्यदेश अनुरुप उक्त कार्य सम्पादनको योजना स्वरुप शव व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन गरिएको पूर्वी पृतना सुचना तथा जनसम्पर्क शाखाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्