नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु

<span class='c1'>नोभेल कोरोना भाइरसको संक्रमणबाट</span> <span class='c2'>थप एकजनाको मृत्यु</span>

नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बुधबार मृत्यु भएका थप एक व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको हो । उनको जेठ २९ गते रिपोर्ट आएको थियो ।

अर्घाखाँची मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर फर्कँदै गर्दा मृत्यु भएका व्यक्तिलाई कोरोना संक्रमण भएको पुष्टि गरिएको छ ।

उनको बुधबार घर फर्किने क्रममा मृत्यु भएको थियो ।

भारतबाट आएका उनलाई श्वासप्रस्वासमा समस्या देखिएपछि शल्यक्रियासमेत गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा गएका थिए । सन्धिखर्कमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो ।

योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्