कुवेतबाट फर्किएका प्रदेश १ का महिला चतराको होल्डिङ एरियामा

<span class='c1'>कुवेतबाट फर्किएका प्रदेश १ का</span> <span class='c2'>महिला चतराको होल्डिङ एरियामा</span>

विराटनगर । कुवेतबाट स्वदेश फर्किएका एक नम्बर प्रदेशका ९३ जना महिलाहरु सुनसरी जिल्लाको चतरास्थित होल्डिङ सेन्टरमा आईपुगेका छन् ।

जजिरा एयरको बिमानबाट बिहिबार काठमाण्डौ आईपुगेका ९३ जना महिलाहरु सुनसरी जिल्लाको चतरास्थित नेपाली सेनको सुरक्षामा रहेको होल्डिङ सेन्टरमा शुक्रबार आईपुगेका हुन् ।
चतराको रामानन्दाचार्य सेवापीठमा श्री पूर्वी पृतना हेड क्वाटरद्धारा तयार गरिएको प्रदेश स्तरिय होल्डिङ सेन्टरमा उक्त महिलाहरुलाई राखिएको छ ।

कुवेतबाट नेपाल आएका महिलाहरुलाई केहि समय होल्डिङ क्षेत्रमा नै राखेर स्थानिय निकायहरुसँग समन्वय गरी आ–आफ्नो जिल्ला पठाईने व्यवस्था मिलाईएको पूर्वी पृतना सूचना तथा जनसम्र्पक शाखाले जानकारी दिएको छ ।

कुवेतबाट आएका ९३ महिलाहरुमा एक नम्बर प्रदेश अन्तरगत झापा जिल्लाका ३७ जना, सुनसरी जिल्लाका १८, मोरङका २१, इलामका ४, पाँचथरका ३, ताप्लेजुङका २, तेह्रथुमका २, धनकुटाका १, भोजपुरका १, सोलुखुम्बुका ३, र खोटाङ जिल्लाको १ जनागरी ९३ जना रहेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्