प्रदेश १ मा झापामा सबैभन्दा धेरै कोरोना संक्रमित,लकडाउन खुकुलो भएपछि झनै जोखिम

<span class='c1'>प्रदेश १ मा झापामा सबैभन्दा धेरै</span> <span class='c2'>कोरोना संक्रमित,लकडाउन खुकुलो भएपछि झनै जोखिम</span>

सुरेन्द्र भण्डारी

झापा, असार ५ । भारतसँगको काँकडभिट्टा नाकासँग सिमाना जोडिएको प्रदेश नम्बर–१ को झापा जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

नाकामा कडाइ नगरिँदा, मान्छेको आवत–जावत बढेपछि र ‘लकडाउन’ खुकुलो हुन थालेपछि झनै जोखिम बढ्न थालेको हो ।

प्रदेश नम्बर–१ का १४ जिल्लामध्ये सबैभन्दा बढी कोरोना संक्रमित झापा जिल्लामा रहेका छन् ।

झापामा मात्रै १७९ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये १०९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

राहत वितरणका लागि करोडौं रुपैयाँ खर्च गरेका झापाका स्थानीय तहले ‘क्वारेन्टिन’हरु मापदण्डअनुसार नबनाउँदा कोरोना संक्रमणको जोखिम झन्–झन् बढेको देखिन्छ ।

कोरोना संक्रमणको जोखिम झापामा दिन–प्रतिदिन बढ्दै विकराल रुप लिएपछि प्रदेश नम्बर–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसहितको टोलीले जिल्लामा रहेको क्वारेन्टिनको अनुगमनसमेत गरेको छ ।

मन्त्रीसहितको टोलीले झापामा रहेका क्वारेन्टिनहरु अनुगमनपछि जिल्लामा सञ्चालित क्वारेन्टिनहरु मापदण्डअनुसार सञ्चालनमा नरहेको निष्कर्ष निकालेको छ ।

तर, जिल्ला समन्वय समिति झापाले भने मन्त्रीसहितको अनुगमन टोलीलाई चुनौती दिँदै जिल्लामा तयार गरिएका क्वारेन्टिनहरु मापदण्डअनुसार नै रहेको दाबी गरेको छ ।

जसले गर्दा झापामा कोरोना नियन्त्रणमा भएका प्रयासका विषयमा प्रदेश सरकार र स्थानीय सरकारबीच जुहारी नै चलेको छ । स्थानीय र प्रदेश सरकारबीच कुनै तालमेल छैन ।

जसको परिणम ‘दिन दुई गुना रात चौगुना’ भनेझैं झापामा कोरोना संक्रमितको संख्या बढेको बढ्यै छ । त्यसमा पनि कचनकलव गाउँपालिकामा प्रदेशकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

कचनकवल गाउँपालिकामा मात्रै १२७ जना कोरोना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन घिमिरेले बताए ।

झापाका स्थानीय तहले निर्माण गरेका क्वारेन्टिन र ‘होल्डिङ एरिया’मा अहिलेपनि झन्डै ९०० को हाराहारीमा बसिरहेका छन् । न उनीहरुको समयमा स्वास्थ्य जाँच हुन्छ न त बस्ने क्वारेन्टिन नै राम्रा र मापदण्डअनुसारका छन् ।

एउटै क्वारेन्टिनमा १०० भन्दा बढी शंकास्पद कोरोना संक्रमित राख्दा उल्टै संक्रमण बढ्ने खतरा छ ।

तसर्थ, सरकारले क्वारेन्टिनहरुको मापदण्डअनुसारको उचित व्यवस्थापन र स्वास्थ्य जाँच प्रक्रियालाई अझ बढाउनुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्