कोशी प्रदेशको पर्यटन योजना बनाउन छलफल

<span class='c1'>कोशी प्रदेशको पर्यटन</span> <span class='c2'>योजना बनाउन छलफल</span>

धनकुटा । आगामी वर्ष २०८२ लाई पर्यटन वर्षका रूपमा मनाउने कोशी प्रदेशको कार्ययोजना निर्माणका लागि कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले सरोकारवालासँग छलफल गरेको छ ।

मन्त्रालयको कोशी प्रदेश पर्यटन वर्ष २०८२ सचिवालयको आयोजनामा पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलसहित मन्त्रालयको टोलीबीच छलफल भएको हो ।

सचिवालयका निर्देशक कृष्ण शाहले कोशी प्रदेशले २०८२ लाई पर्यटन वर्ष मनाउने कार्ययोजना बनाउन प्रदेशका सबै जिल्लामा छलफल सुरु गरिएको जानकारी दिनुभयो । कार्यक्रममा सचिवालयका सहसंयोजक भविनकुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । छलफलमा धनकुटाका पर्यटकीय गन्तव्यलाई सूचीमा समावेश गर्न तथा सबै जिल्लालाई समान रूपमा कार्यक्रम वितरण गर्न सहभागीले सुझाव दिनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव विशाल घिमिरेले पर्यटन वर्ष मनाउन सबै जिल्लाबाट आएका सुझावलाई समेटेर कार्ययोजना निर्माण गरिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2