खोटाङमा गर्भवती महिलाको स्वास्थ्यमा समस्या पछि हवाई उद्धार

<span class='c1'>खोटाङमा गर्भवती महिलाको स्वास्थ्यमा</span> <span class='c2'>समस्या पछि हवाई उद्धार</span>

बन्दाबन्दीले गर्दा मुलुक ठप्प भएको बेला खोटाङ केपीलासगढी गाउँपालिका–२ की गर्भवती मन्दिरा विश्वकर्माको निःशुल्क हवाई उद्धार गरिएको छ ।

पेटभित्रै बच्चा मृत अवस्थामा भेटिएका कारण स्वास्थ्य जोखिममा परेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उत्थान इकाइले हेलिकप्टरबाट उद्धार गरी विश्वकर्मालाई काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालमा उपचारका लागि ल्याएको हो ।

गत सोमबार राति सुत्केरी बेथाले च्यापेपछि जिल्ला अस्पतालमा खोटाङमा भर्ना भएकी मन्दिराको पेटमै बच्चा मृत अवस्थामा रहेको पाइएपछि उपचारका लागि मङ्गलबार अपराह्न काठमाडौँ पठाइएको अस्पतालका मेडिकल अधिकृत डा. नारायण बरालले जानकारी दिए ।

अहिले विश्वकर्माकोे थापाथलीस्थित प्रसूतिगृहमा उपचार भइरहेको छ । सुत्केरी बेथाले च्यापेर सिकिस्त भएकी गर्भवती निःशुल्क हवाई उद्धार गरी उपचारको व्यवस्था मिलाइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उत्थान समन्वय इकाइकी प्रमुख अञ्जु ढुङ्गानाले बताइन् ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई निःशुल्क हवाई उद्धार गर्दै आएको छ । बन्दाबन्दीको यस अवधिमा मात्रै १८ जना गर्भवती तथा सुत्केरीको उद्धार गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीमा कुनै समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहलाई सम्पर्क गरेर जीवनरक्षाका लागि पहल गरी दिन सबैलाई पुनःआह्वान गरेका छन् । मन्त्रालयले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय तह वा स्वास्थ्य संस्थाको सिफारिसमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्