रबिन्द्र बराल
रंगेली । मोरङको रतुवामाई नगरपालिका–५ सौठा–गोबिन्दपुर सडकखण्ड अन्तर्गत कट्नु खोलामा पुरुषको बेवारिसे लास फेला परेको छ ।
शनिबार बिहान ८ बजे स्थानीयले उक्त लास पानीमा तैरिदै गरेको देखेपछि ईलाका प्रहरी कार्यलय सिजुवालाई जानकारी गराएका थिए । प्रहरीको अनुसार अन्दाजी ३०–३५ वर्षका तराई मुलको जस्तो देखिने वेवारिसे लास रंगेली अस्पतालको पोषमाटम घरमा राखिएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको इप्रका रंगेलीले जानकारी दिइएको छ ।