१२ कक्षाको परीक्षा स्थगित , स्नातक तह तेस्रो वर्षको परीक्षा पनि

<span class='c1'>१२ कक्षाको परीक्षा स्थगित , स्नातक</span> <span class='c2'>तह तेस्रो वर्षको परीक्षा पनि</span>

१५ दिनको समय दिएर पछि परीक्षा तालिका सार्वजनिक गर्ने

त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ। आगामी जेठ १४ गतेदेखि तोकिएको परीक्षा मंगलवारको दोस्रो भूकम्पका कारण स्थगित भएको परीक्षा नियन्त्रण कार्यालयले बुधबार जनाएको छ।

विद्यार्थीहरुलाई कम्तिमा १५ दिनअघि सूचना दिएर परीक्षाको अर्को मिति पछि तोकिने कार्यालयले जनाएको छ। यसैबीच उच्च माध्यमिक शिक्षा परिषदले पनि कक्षा १२ को परीक्षा अनिश्चित कालका लागि स्थगित गरेको छ। परिषदले पनि १५ दिनको समय दिएर पछि अर्को परीक्षा तालिका निकाल्ने जनाएको छ।

 

Setopati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्